Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मधेस प्रदेश 

मधेसमा १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार, कुन दलबाट को–को बने मन्त्री ? (नामावलीसहित)

मधेसमा १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार, कुन दलबाट को–को बने मन्त्री ? (नामावलीसहित)


  • 3.9K
    Shares

    मधेसमा १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार, कुन दलबाट को–को बने मन्त्री ? (नामावलीसहित)

    जनकपुरधाम । मधेस प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । सिंहले आफू मुख्यमन्त्री नियुक्त भएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

    मुख्यमन्त्री सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त गरेका छन् । 

    त्यस्तै सिंहले माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई नियुक्त गरेका छन् । एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन् । 

    गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम र नागरिक उनमुक्ति पार्टीकी उर्मिलादेवी सिंह श्रम तथा यातायता मन्त्री बनेकी छन् । 

    मधेस प्रदेशको मन्त्रिपरिषद्मा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् । 

    प्रकाशित मिति :जेठ २५ २०८१ शुक्रवार - १२:५७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij