२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् ।
शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
नेकपा (एमाले) नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमतलगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
उनी गत निर्वाचनमा सप्तरी–२ (क) बाट निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij