Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

स्रोत नखुलेको ६९ लाखसहित चार जना चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ६९ लाखसहित चार जना चिनियाँ नागरिक पक्राउ


  • 2.5K
    Shares

    स्रोत नखुलेको ६९ लाखसहित चार जना चिनियाँ नागरिक पक्राउ
    images

    काठमाडौं ।  स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका १० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् । साँगाबाट जगातीतर्फ आउँदै गरेको बा।२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्‍व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २४ २०८१ बिहिवार - १३:१३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij