Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार 

मधेसमा जनमतको नेतृत्वमा सरकार गठनको तयारी : सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय

मधेसमा जनमतको नेतृत्वमा सरकार गठनको तयारी : सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय


  • 3.1K
    Shares

    मधेसमा जनमतको नेतृत्वमा सरकार गठनको तयारी : सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय

    काठमाडौं । मधेस प्रदेशमा जनतमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएको छ । सत्तारूढ दलहरू नेकपा (एमाले) र माओवादी केन्द्रको समर्थनमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएको हो । 

    एमाले र माओवादी केन्द्रले जनमत पार्टीका सतिश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकबाट पनि उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टी सचिव विपी साहले जानकारी दिए ।

    सिंहलाई आजै दलहरूले मुख्यमन्त्रीका लागि बहुमतसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका छन् । मधेसमा एमालेका २४, माओवादीका ९, जनमतका १३ प्रदेश सभा सांसद छन् । 

    यद्यपि सत्तारूढ नेकपा (एकीकृत समाजवादी)ले भने हालसम्म मधेस प्रदेश सरकारमा सहभागी हुने वा नहुने भन्ने विषमा आधिकारिक निर्णय गरेको छैन । एकीकृत समाजवादीका ७ जना प्रदेश सभा सांसद छन् । 

    प्रकाशित मिति :जेठ २४ २०८१ बिहिवार - ०९:४९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij