Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमा ७ सय ७१ जनामा नयाँ स्वरुपको कोरोना पुष्टि

भारतमा ७ सय ७१ जनामा नयाँ स्वरुपको कोरोना पुष्टि


  • 9.7K
    Shares

    भारतमा ७ सय ७१ जनामा नयाँ स्वरुपको  कोरोना पुष्टि

    भारतमा कोरोना भाइरसको नयाँ स्वरुपबाट सात सय ७१ जना संक्रमित भएका छन् ।

    १८ राज्यका १० हजार ७८७ को नमूना परीक्षण गरिएकोमा सात सय ७१ मा नयाँ स्वरुपको कोरोना पुष्टि भएको हो । यसमा ७ सय ३६ बेलायतको, ३४ दक्षिण अफ्रिका र एक जना ब्राजिल भेरिएन्ट पाइएको हो ।

    नेशनल सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशक सुजीत कुमारका अनुसार जुन राज्यका संक्रमण बढेको छ त्यहाँ नयाँ खालको भाइरस पत्ता लागेको छ ।

    भाइरसको यो नयाँ स्वरुप करिब १५ देखि २० प्रतिशत नमूनामा पाइएको छ । यो पहिलाको भाइरसँग मेल नखाएका कारण यसले थप चिन्ता बढाएको हो ।

    यद्यपि नयाँ प्रकारको भाइरसले शरीरको प्रतिरक्षा प्रणालीलाई बचाएर थप संक्रमकता बढाएको पाइएको छ । एजेन्सी

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १०:४९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij