Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार

कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा

कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा


  • 2.0K
    Shares

    कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा

    काठमाडौं । पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको कोशी सरकारविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा  सुनुवाइ हुने भएको छ ।

    रिटको पेशी न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजालसमा तोकिएको छ ।

    यसअघि जेठ १६ गते न्यायाधीश मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले  सो रिट हेर्न नभ्याइनेमा राखेको थियो।

    निर्वतमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेका हुन् ।

    प्रदेश प्रमुख खापुंगले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै त्यसका विरुद्ध मुख्यमन्त्री कार्की सर्वोच्च पुगेका हुन् ।

    नेकपा (एमाले) र माओवादी केन्द्र ५२ सांसदको समर्थनमा हिक्मत कार्कीले मुख्यमन्त्रीमा दावी गरेका थिए । सनाखत पछि प्रदेश प्रमुख खापुङ्गले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।  
     

    प्रकाशित मिति :जेठ २३ २०८१ बुधवार - ११:३४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij