Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार 

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाँचौँपटक विश्वासको मत लिँदै, विश्वास गुम्ने निश्चित भएसँगै सरकार ढल्ने पक्का

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाँचौँपटक विश्वासको मत लिँदै, विश्वास गुम्ने निश्चित भएसँगै सरकार ढल्ने पक्का


  • 2.1K
    Shares

    मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाँचौँपटक विश्वासको मत लिँदै, विश्वास गुम्ने निश्चित भएसँगै सरकार ढल्ने पक्का

    धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार १८ महिनामा  पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् ।

    पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा (एमाले), (माओवादी केन्द्र) र एकीकृत समाजवादीले उनीप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो ।

    कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

    २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए । तत्पश्चात् २०८० जेठ १ गते मधेस सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि उहाँले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए भने तेस्रोपटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए । 

    जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका थिए । 

    यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेस सभापति कृष्णप्रसाद यादवले बताए ।   

    प्रकाशित मिति :जेठ २३ २०८१ बुधवार - १०:०९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij