२०८२ माघ ११ गते आइतवार
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले सबै सरकारी निकायमा स्वदेशी वस्तुहरूको उपयोग गर्ने कार्य योजनालाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नीति संवाद कार्यक्रममा बोल्दै उनले मन्त्रालयले सबै सरकारी निकायमा स्वदेशी वस्तुहरूको उत्पादन उपयोगका लागि कार्यनीति बनाउने कामलाई अन्तिम चरणमा पुर्याएको उल्लेख गर्दै त्यसलाई दृढतापूर्वक कार्यान्वयनमा ल्याउने बताएका हुन् ।
मन्त्री भण्डारीले सरकारले स्वदेशी वस्तुको उपयोगमा प्रोत्साहित गर्नका लागि सरकारी कर्मचारीहरूका लागि स्वदेशी वस्तु प्रयोग गरेका १५ प्रतिशत बढी पोसाक भत्ता दिने व्यवस्था गरेको पनि स्मरण गराए ।
उनले सरकारले स्वदेशी बस्तुको उपयोगका लागि राष्ट्रिय अभियाननै सञ्चालन गर्ने पनि बताए । मन्त्री भण्डारीले सबै तहको सरकारले स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij