Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एकीकृत सामाजवादी मधेश सरकारबाट बाहिरियो

एकीकृत सामाजवादी मधेश सरकारबाट बाहिरियो


  • 2.2K
    Shares

    एकीकृत सामाजवादी मधेश सरकारबाट बाहिरियो

    काठमाडौं । मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ ।

    मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन् ।

    राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेली रहेका छन् ।

    मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले यस अघि नै सहमति गरिसकेका छन् । 

    मधेसमा एमाले सहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादी वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य चाहिन्छ ।

    १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ । 

    जसमा एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् । 

    प्रकाशित मिति :जेठ २२ २०८१ मंगलवार - १९:१४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij