Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

मौद्रिक नीति लचिलो ल्याउने गभर्नर अधिकारीको प्रतिबद्धता

मौद्रिक नीति लचिलो ल्याउने गभर्नर अधिकारीको प्रतिबद्धता


  • 1.9K
    Shares

    मौद्रिक नीति लचिलो ल्याउने गभर्नर अधिकारीको प्रतिबद्धता

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति लचिलो ल्याउने बताएका छन् ।

    काठमाडौँमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो त्रैमासिक समीक्षामा नै लचिलो कार्यदिशा अवलम्बन गरेको बताएका हुन् ।

    उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरूसँग आवश्यक छलफलका माध्यमबाट लचिलो मौद्रिक नीति ल्याउने बताए । राष्ट्र बैंकले मौद्रिक नीति तयारीका लागि छलफल सुरु गरेको र अधिकांशको चासो कर्जा प्रवाह सहज बनाउनुपर्ने र ब्याजदर रहेको बताए ।

    नेपालको लगानी र पुँजीगत खर्च उत्पादनशील क्षेत्रमा नहुँदा समस्या भएको गभर्नर अधिकारीले बताए ।

    ‘उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले लिएका नीति अनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्न आवश्यक छ,’ उनले भने, ‘आगामी आवका लागि सरकारले ल्याएको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राखेको छ । बजेटमा इमानदारी प्रयाससँगै बजेटमा निजी क्षेत्रलाई कसरी सँगै लैजान भन्ने विषयमा ध्यान दिएको छ ।’

    प्रकाशित मिति :जेठ २२ २०८१ मंगलवार - ०९:११:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij