Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार 

सुदूरपश्चिम प्रदेशमा सत्तारूढ एमाले–माओवादीकै कारण मन्त्रिपरिषद् विस्तारमा अन्योल

सुदूरपश्चिम प्रदेशमा सत्तारूढ एमाले–माओवादीकै कारण मन्त्रिपरिषद् विस्तारमा अन्योल


  • 2.7K
    Shares

    सुदूरपश्चिम प्रदेशमा सत्तारूढ एमाले–माओवादीकै कारण मन्त्रिपरिषद् विस्तारमा अन्योल

    सुदूरपश्चिम । नेकपा (एमाले) संसदीय दलले सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनको वातावरण अझै नबनेको बताएको छ । 

    धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा आफूहरु सहभागी हुने वातवरण बन्न नसकेको बताए । ‘हामी सरकारमा सहभागी हुने वातावरण बनेको छैन,’ उनले भने । 

    समाजवादीका नेता सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको एमालले तत्काल सरकारमा भने नजाने निर्णय पहिले नै गरेको हो । एमालेले यो निर्णय परिवर्तन नगर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । 

    सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रमप्रति भने आफूहरुको स्वामित्व रहेको बताउँदै नेता रावलले पत्रकार सम्मेलनमा भने, ‘अब बजेट कस्तो आउँछ त्यसका लागि दबाब बनाउँदैछौँ ।’

    त्यस्तै सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी छैन । तर, विश्वासको मत भने दिएको थियो । 

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - १४:४२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij