Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा


  • 2.1K
    Shares

    समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा
    images

    काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले बोनस शेयर शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा गरेको जनाएको छ । 

    कम्पनीको चैत्र २९ गतेको दशौं वार्षिक साधारणसभाले पारित गरेको ५.४२२२ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । 

    कम्पनीले चैत्र १८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनस शेयर जम्मा गराएको छ । 

    साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि शेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनस शेयर जम्मा गराइने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार चैत्र १८ गतेसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीको हकमा भने बोनस शेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का भई शेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । 

    साथै, कम्पनीले कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - ०८:५२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij