Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

३१ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

३१ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय


  • 2.3K
    Shares

    ३१ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

    काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले करिब ३१ अर्ब रुपियाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

    कार्यालयले २८ दिनका लागि ८ अर्ब रुपियाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण र एक वर्षका लागि ६ अर्ब ८३ करोड रुपैयाँ गरी कुल ३० अर्ब ८७ करोडबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

    मंगलबार (जेठ २२ गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार जेठ २१ गते दिउँसो ३ बजे बोलकबोल हुनेछ । ​बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

    बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - ०८:४९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij