२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल गरेको भए अझै राम्रो बजेट ल्याउन सकिने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथि सुरु भएको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले बजेट निर्माणका क्रममा आफ्नो पार्टीसँग छलफल नगरेकोमा सांकेतिक रूपमा असन्तुष्टि जनाए ।
उनले भने, ‘अर्थमन्त्रीज्यू बजेट निर्माणका क्रममा यति व्यस्त हुनुभयो कि सत्ता साझेदार दलहरूसँग पनि छलफल गर्न भ्याउनुभएन, ‘अहिलेको बजेट राम्रो हुँदाहुँदै पनि छलफल गरेको भए अझ राम्रो हुने थियो ।’
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा बजेटप्रति असन्तुष्टि जनाएका थिए । उनले बजेट निर्माण अगाडि सत्ता साझेदार दलहरूसँग छलफल नगरी ल्याइएको बताएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij