Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

संसदमा बजेटसम्बन्धी छलफल 

अर्थमन्त्री पुनले स्याउ, प्याज र आलुमा लगाएको भ्याट हटाएपछि पूर्वअर्थमन्त्री महत छक्क !

अर्थमन्त्री पुनले स्याउ, प्याज र आलुमा लगाएको भ्याट हटाएपछि पूर्वअर्थमन्त्री महत छक्क !


  • 2.6K
    Shares

    अर्थमन्त्री पुनले स्याउ, प्याज र आलुमा लगाएको भ्याट हटाएपछि पूर्वअर्थमन्त्री महत छक्क !
    images

    काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री वर्षमान पुनले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्न स्याउ, प्याज र आलुमा लगाएको भ्याट हटाएको बताएका छन् । यसले गर्दा भारतबाट सस्तो तरकारी नेपाल आउने र नेपाली कृषक मारमा पर्ने उनले बताए । 

    आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले भने, ‘स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाएको आन्तरिक उत्पादन बढाउनका लागि भन्नुभयो, मत छक्क परेँ । यस्तो झुट सत्य हुन सक्दैन । हामीले भन्सारबाट नेपाल ल्याउन भ्याट लगाएका थियौँ, आन्तरिक उत्पादनमा लगाएकै थिएनौँ । विदेशको सस्तो यहाँ नआओस् र यही आलु उत्पादन होस, स्याउ यही उत्पादन होस, प्याज उत्पादन होस भनेर कृषकहरू खुसी थिए । तर जो व्यापारमा संलग्नहरूको प्रभावले उहाँले त्यसलाई हटाइदिनुभयो र प्रोत्साहन गर्नका लागि हटायौँ भन्नुहुन्छ । जबकि हामीले भन्सारमा मात्र लगाएका थियौँ सबैलाई थाहा छ, सबैलाई थाहा छ, यस्तो झुटो कुरा बोल्ने ?’

    उनले वैदेशिक ऋण लिनुभन्दापनि आन्तरिक ऋण लिनु जोखिमपूर्ण रहेको बताए । 

     

    प्रकाशित मिति :जेठ २० २०८१ आइतवार - १४:१५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij