Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राजनीति 

गृहमन्त्रीको निर्णयविरुद्ध कांग्रेस सांसद खतिवडाको आपत्ति, हुकुमी शासन लाद्न खोजेको आरोप

गृहमन्त्रीको निर्णयविरुद्ध कांग्रेस सांसद खतिवडाको आपत्ति, हुकुमी शासन लाद्न खोजेको आरोप


  • 2.8K
    Shares

    गृहमन्त्रीको निर्णयविरुद्ध कांग्रेस सांसद खतिवडाको आपत्ति, हुकुमी शासन लाद्न खोजेको आरोप

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आलोचना गरेका छन् । 

    आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा सभामुखको समय लिएर बोल्दै गृहमन्त्रीले हुकुमी शासन गर्न लागेको उनले आरोप लगाए । 

    सांसद खतिवडाले भने, ‘मापसेमा लर्बर हुँदै ट्राफिकको काम गर्न थालेपछि पहेँलो ज्याकेट लगाउने सबै मापसेमा परेमा भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरूको इज्जत कता जान्छ ? त्यसैले यो काम तुरुन्त बन्द गरेर कानुनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् ।’

    गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन महिला ट्राफिकलाई रजस्वला भएको बेला सडकमा नखटाउने निर्णय गरेको राम्रो भएपनि कानुन बनाएर मात्र कार्यान्वयन गर्नुपर्ने बताए ।

    प्रकाशित मिति :जेठ २० २०८१ आइतवार - १०:४९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij