Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिरक डसना उद्योगमा आगलागी हुदाँ सात लाख बराबरको क्षति

सिरक डसना उद्योगमा आगलागी हुदाँ सात लाख बराबरको क्षति


  • 7.2K
    Shares

    सिरक डसना उद्योगमा आगलागी हुदाँ सात लाख बराबरको क्षति

    सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो ।

    आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा  र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट रु सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

    बिहान ९ बजे आगलागी भएको र ९ः३० मा नियन्त्रणमा आएको बताइएको छ ।  आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १३:३५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij