Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा


  • 2.1K
    Shares

    हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा
    images

    काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ लाख ५१ हजार २५ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

    बैंकका ७ जना संस्थापकले सेयर बिक्री गर्न लागेका हुन् । यसमा हिमालयन बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज जेठ १७ गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ । 

    संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेताअनुसार फरकफरक रहेकाले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिनुपर्ने बैंकले जनाएको छ । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १७ २०८१ बिहिवार - १२:५५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij