Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बजेटप्रति के भन्छन् सुदूरपश्चिम प्रदेश सरकार ? 

बजेटप्रति के भन्छन् सुदूरपश्चिम प्रदेश सरकार ? 


  • 2.4K
    Shares

    बजेटप्रति के भन्छन् सुदूरपश्चिम प्रदेश सरकार ? 
    images

    सुदूरपश्चिम । अर्थमन्त्री वर्षमान पुनले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमप्रति सुदूरपश्चिम प्रदेशबाट मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । 

    धनगढी निवासी अर्थशास्त्रका जानकार शिवहरि मुडभरीले यस पटकको बजेट नयाँ र छुट्टै आउने विश्वास गरिएकोमा त्यो पूरा नभएको प्रतिक्रिया दिए । 

    कृषि क्षेत्रलाई प्राथमिकता दिइनु बजेटको राम्रो पक्ष भएको बताए । उपभोक्ता अदालतको गठन, महिलाको लागानी वर्ष, कृषि फार्म खोल्ने कुरा, सूचना प्रविधिमा प्रोत्साहनको कुरा बजेटका राम्रा पक्ष भएको उहाँले बताए । 

    उनले भने, “कूल बजेटको धेरै प्रतिशत चालु खर्चमा, विकास खर्च २० प्रतिशत हाराहारीमा रहेको यो बजेट कार्यक्रमले अर्थ व्यवस्थालाई चलायमान बनाउन सक्दैन ।” 

    सुदूरपश्चिमका लागि नयाँ कुरा बजेटमा नआएको बताउँदै उनले अर्थ व्यवस्था सुधार्न सक्ने देशको औद्योगिकीकरणका लागि खासै प्राथमिकता नदिइएको बताए । 

    कैलाली बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक डा राजेन्द्रविर चन्दले विगतकै योजनालाई निरन्तरता दिनु, सूचना प्रविधिमा प्राथमिकता, जलविद्युत्, कृषि, स्वास्थ्य शिक्षाको विकास र पर्यटन प्रवर्द्धन गर्ने बजेटका सकारात्मक पक्ष रहेको प्रतिक्रिया दिए । 

    उनले भने, ्“बजेटको आकार ठूलो हुँदा यो यर्थाथपरक नहुनसक्छ, यसले गर्दा विगतका र अहिलेको बजेटमा धेरै फरक नहुन सक्छ ।” 

    अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, निर्माणाधीन रानी जमरा कुलरिया सिँचाइ आयोजनाको लागि बजेट विनियोजन, निर्माणाधीन महाकाली सिँचाइ आयोजनामा बजेट विनियोजन र धनगढी विमानस्थलको स्तरोन्नति गर्ने विषय समेटिएको छ ।

    यसैगरी बैतडीको पाटन विमानस्थललाई साहसिक पर्यटन प्रवर्द्धनका रुपमा विकास गरिने, सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनको आर्थिक ‘हब’ बनाउने, कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र निर्माण सुरु गरिने, डडेलधुरा अस्पतालको क्षमता विकास गरी स्तरोन्नति गरिने, धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणलाई तीव्रता दिइने र सुदूरपश्चिम प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधारका लागि कार्यक्रम सञ्चालन गरिने विषय पनि समेटिएको छ । 

    दुई सय दश मेगावाटको चैनपुर जलविद्युत् आयोजना निर्माण, सेती करिडोर प्रशारण लाइन निर्माण, डोटीको सिलगढीलाई सांस्कृतिक सहरको रुपमा विकास, कञ्चनपुरको दोधारा चाँदनीमा नयाँ नमुनाको वस्ती विकास र बैंकिङ सुविधा नपुगेको बझाङको सैपाल गाउँपालिकामा बैंकिङ सेवा पु(याइने पनि बजेटमा समावेश गरिएको छ ।

    प्रकाशित मिति :जेठ १६ २०८१ बुधवार - ०७:५९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij