Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै


  • 1.9K
    Shares

    आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै

    काठमाडौँ । सरकारले आज आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । 

    अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

    सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ । 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबिचको छलफलमा समितिको कार्यादेशमा लगभग सहमति बनेकोले आज बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिने  कानुन मन्त्री पदम गिरीले जानकारी दिएका छन् । 

    प्रकाशित मिति :जेठ १५ २०८१ मंगलवार - ०६:१२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij