Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कामना सेवा विकास बैंक र ड्रिम इन्टरनेश्नल होटलबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

कामना सेवा विकास बैंक र ड्रिम इन्टरनेश्नल होटलबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने


  • 2.5K
    Shares

    कामना सेवा विकास बैंक र ड्रिम इन्टरनेश्नल होटलबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने
    images

    काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित ड्रिम इन्टरनेश्नल होटल प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।

    कामना सेवा विकास बैंकले ड्रिम इन्टरनेश्नल होटल प्राइभेट लिमिटेडसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो । 

    यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै लजिङ शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

    प्रकाशित मिति :जेठ १४ २०८१ सोमवार - १६:४९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij