Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

लक्ष्मी सन्‌राइज बैङ्कले गर्‍यो काठमाडौँको कपनमा सेवा विस्तार

लक्ष्मी सन्‌राइज बैङ्कले गर्‍यो काठमाडौँको कपनमा सेवा विस्तार


  • 2.3K
    Shares

    लक्ष्मी सन्‌राइज बैङ्कले गर्‍यो काठमाडौँको कपनमा सेवा विस्तार
    images

    काठमाडौँ । लक्ष्मी सनराइज बैङ्कले काठमाडौँको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । बुढानिलकण्ठ नगरपालिका - १०, कपनमा रहेका २ शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न। १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । 

    स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिनेछ ।स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । 

    स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ ।

    साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैङ्कको शाखा रहेको स्थान – औरही चोक ९हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ०, बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ ।  

    हाल लक्ष्मी सनराइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।

    प्रकाशित मिति :जेठ १३ २०८१ आइतवार - ११:५८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij