Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राजनीति

पूर्वप्रधानमन्त्री बाबुरामको नयाँ शक्तिप्रतिको मोह कायमै, भन्छन्– अभियान थप सशक्त हुन्छ 

पूर्वप्रधानमन्त्री बाबुरामको नयाँ शक्तिप्रतिको मोह कायमै, भन्छन्– अभियान थप सशक्त हुन्छ 


  • 2.9K
    Shares

    पूर्वप्रधानमन्त्री बाबुरामको नयाँ शक्तिप्रतिको मोह कायमै, भन्छन्– अभियान थप सशक्त हुन्छ 

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताएका छन् । 

    नेसपा बागलुङ जिल्ला अधिवेशन तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले राजनीतिमा सरसफाइ आवश्यक रहेको बताए । पार्टीहरु सिद्धान्त र विचारभन्दा स्वार्थमा रुमलिँदा मुलुकले निकास पाउन नसकेको उनको धारणा थियो ।

    आफूले नयाँ शक्ति पार्टी स्थापना गर्दा उठाएका एजेण्डामा पछि नपरी यसलाई थप सशक्त बनाउने अभियानमा नयाँ शक्ति लाग्ने डा.भट्टराईले बताए । 

    पछिल्लो समय नयाँ पार्टीहरुले आफ्ना एजेण्डा समातेका भए पनि उनीहरुसँग राजनीतिक दृष्टिकोण र विचारमा स्पष्टता नभएकाले आफूले थालेको अभियानलाई थप सशक्त आफैँले बनाउनुपर्नेमा उनले जोडदिए । 

    जिल्ला अधिवेशनले कृष्ण शर्मा संयोजक रहेको ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । पार्टीको विद्यान महाधिवेशनपश्चात् बाँकी पदाधिकारीको टुङ्गो लगाउने अध्यक्ष शर्माले बताए । 

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - १२:३९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij