२०८२ माघ ११ गते आइतवार
काठमाडौं । संघीय संसद्को बैठक स्थगित भएको छ । प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध पारेपछि बैठक स्थगित भएको हो ।
सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची तय गरेको थियो ।
तर, आजको बैठकमा प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध पारेपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।
अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij