Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

संसदीय समिति बैठक

सहकारी ठगी प्रकरण : संसदीय समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन

सहकारी ठगी प्रकरण : संसदीय समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन


  • 2.7K
    Shares

    सहकारी ठगी प्रकरण : संसदीय समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन

    काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।

    शुक्रबार सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेको हो । 

    कार्यदलका सदस्य महेश बर्तौलाले कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताउँदै सहकारीको नाम मात्र उल्लेख गरेर छानबिन गर्नगरि प्रस्ताव आएको र आजै फेरी बैठक बसेर टुंगाउने बताए ।  

    यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन ।

    सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफूहरू आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् । 

    कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् । 

    कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । 

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसद्को कारवाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । 

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - ११:३१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij