२०८२ माघ ११ गते आइतवार
काठमाडौं । विपक्षी दलहरूको संसद्को गतिरोधकैबीच नीति तथा कार्यक्रम टेबुल गर्ने तयारी भएको छ ।
सरकारको आगामी वार्षिक नीति तथा कार्यक्रममाथि आज (शुक्रवार)को संसद् बैठकमा छलफल गर्ने र त्यसपछि पारित गर्ने सम्भावित कार्यसूची छ ।
संसद् बैठक बस्नुअघि संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन दलहरू छलफलमा जुटेका छन् ।
कानुन मन्त्रालयमा जारी बैठकमा दलहरूले आ–आफ्ना अडान नछाडेको स्रोतको भनाइ छ ।
नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।
सहकारीको रकम हिनामिना र अपचलनबारे छानबिनका लागि संसदीय समिति गठन गर्न सत्ता र प्रतिपक्ष तयार भएको समितिको टीओआर (कार्यादेश)लाई लिएर विवाद छ ।
यहीँ विवादलाई लिएर विपक्षी दलहरूको संसद् अवरोधकाबिच सरकारले नीति तथा कार्यक्रममाथि छलफल गर्न लागेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij