Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्कुलेविद्यार्थीलाई संस्कार प्रशिक्षण

स्कुलेविद्यार्थीलाई संस्कार प्रशिक्षण


  • 1.9K
    Shares

    स्कुलेविद्यार्थीलाई संस्कार प्रशिक्षण

    काठमाडौं । ‘मिसन स्माइल नेपाल’ले बाल संस्कार अध्ययन केन्द्रअन्तर्गत कक्षा ३ देखि १० सम्मका विद्यार्थीका लागि संस्कारसम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ ।

    एक महिनादेखि हरेक साँझ बौद्धनाथ क्षेत्र विकास समितिको सहकार्यमा विभिन्न छ स्थानमा हुँदै आएको निःशुल्क प्रशिक्षण अझै दुई महिनासम्म चल्ने संस्थाकी अध्यक्ष जस्मिन ओझाले बताए । चाबहिल, बौद्ध, बज्रनगर, सिमलटारलगायत स्थानका सार्वजनिक भवनमा प्रशिक्षण हुँदै आएको छ ।

    संस्थाले कानुनी साक्षरतासम्बन्धी सचेतना जगाउने, विभिन्न समसामयिक विषयमा भेला, सम्मेलन, सचेतनाका साथै निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको छ । हरेक दिन दुई घण्टा हुने प्रशिक्षण कक्षामा नैतिक र बौद्ध शिक्षा, ध्यान योग, नृत्य, सङ्गीत, गणित, नेपाली भाषा, कला साहित्य, व्याकरण, विज्ञान विषय समावेश छन् ।

    विद्यार्थीलाई समाजसँग जोड्दै संस्कारी, कतृव्यनिष्ठ र सामाजिक रूपमा सक्रिय बनाई क्षमता अभिवृद्धि गराउन प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष ओझाले जानकारी दिए । रासस

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - १०:३२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij