Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुरा ? 

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुरा ? 


  • 2.5K
    Shares

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुरा ? 

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    शुक्रबार बिहान शीतल निवासमा भएको भेटवार्तामा संसद्को गतिरोध हटाउने विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

    प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । सहकारी ठगि प्रकरणमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलमा छलफल जारी रहेपनि सहमति बन्न सकेको छैन ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसद्को कारवाही अगाडि बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - ०९:०८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij