Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सत्यराज र स्वरुपराज आचार्यको ‘मैसाब’को सर्वाजनिक

सत्यराज र स्वरुपराज आचार्यको ‘मैसाब’को सर्वाजनिक


  • 12.4K
    Shares

    सत्यराज र स्वरुपराज आचार्यको ‘मैसाब’को  सर्वाजनिक

    काठमाडौं । गायक तथा संगीतकार सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा गीत ‘मैसाव’ सार्वजनिक भएको छ । ‘मैसावले घाइते दिलमा आरा चलाइस्यो’ बोलको गीतसँगैपनि सार्वजनिक भएको हो । 

    अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना रहेको गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरुले प्रयोग गरेको पाइन्छ । सत्यस्वरुपले नै संयुक्त रुपमा संगीत भरेका छन् । 

    संगीत संयोजन उदयराज पौडेलको छ । कैलाश राईद्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ ।

    कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोले पनि दरवारिया शैलीको झल्को दिन्छ । भिडियोमा नायक पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाइको भूमिकामा नृत्य गरेका छन् । राजकुमारीको भूमिकामा छुकिला शेर्पा छिन् । 

    भिडियोमा होटल याक एण्ड यतीलाई दरवारको रुपमा प्रयोग गरिएको छ । भिडियोमा सत्यस्वरुपलाई पनि कवाली गाउँदै गरेको देखिन्छ । सत्यस्वरुपले करिब तीनवर्ष पछि आफ्नो एल्बम स्रोता तथा दर्शकमाझ ल्याएका हुन् । 

    प्रकाशित मिति :मंसिर १२ २०७७ शुक्रवार - १२:४५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij