२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गृह मन्त्रालयले मंसिर दुई गते मंगलबार अर्थात भाइटीकाको भोलिपल्ट नेपालभर सार्वजनिक विदा दिने भएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै त्यस दिन सार्वजनिक विदा दिने जनाएको हो ।
‘मंसिर २ गते किजा पूजा पर्ने भएकोले त्यस दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक विदा दिने’, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निर्णय अनुुसार मंसिर गते सार्वजनिक विदा दिन लागेको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij