२०८२ भाद्र २ गते सोमवार
काठमाण्डौ । शेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ ।
सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजारको कारोबार भएकोमा मंगलबार ५ अर्ब २० करोड ६२ लाख ८ हजारको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ कमी आएको हो। यस दिन ३१७ वटा धितोपत्रको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४३ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यस्तै, मध्य भोटेकोशी जलविद्युतको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४०० रूपैयाँ १० पैसा कायम भएको छ।
यस्तै, भगवती हाइड्रोपावरको मूल्य ३.१९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७०६ रूपैयाँमा झरेको छ। मंगलबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता ७११ रूपैयाँमा २४ करोड ६४ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.५१ प्रतिशत बढेको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८६९ रूपैयाँमा १२ करोड ९९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र व्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक २.१६ प्रतिशतले बढेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij