२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । दुई वर्ष पहिले रौतहटमा एक जनाको अपहरण गरी हत्या गरेर भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
रौतहटको गौर नगरपालिका ३ का २७ वर्षीय रोहित कुमार जैसवाललाई अपहरण गरी हत्या गरेको आरोपमा गौर नगरपालिका ५ का ५८ वर्षीय राजु मिश्र पक्राउ परेका हुन्।
२७ वर्षीय जैसवाललाई अपहरण गरी भारतको बैरगिनियामा लगि बन्धक बनाई हत्या गरेर शव जुटको बोरामा हालेर नन्दवारा पुल मुनि फालेका थिए।
घटनापछि मिश्र भारततर्फ फरार भएका थिए। अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोमबार पक्राउ गरेर प्रहरीले अदालतमा बुझाएको छ।
अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij