२०८२ माघ ९ गते शुक्रवार
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
संस्थाको संस्थापक समूहको १ लाख ५० हजार ८०१ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। यसका लागि ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालय वा काठमाडौँको नागपोखरीस्थित कुमारी क्यापिटलमा निवेदन दिन सकिनेछ।
संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij