Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

पानीको दहमा डुबेकी साथीलाई निकाल्न खोज्दा अर्की किशोरी पनि डुबिन्, दुवैको मृत्यु

पानीको दहमा डुबेकी साथीलाई निकाल्न खोज्दा अर्की किशोरी पनि डुबिन्, दुवैको मृत्यु


  • 7.1K
    Shares

    पानीको दहमा डुबेकी साथीलाई निकाल्न खोज्दा अर्की किशोरी पनि डुबिन्, दुवैको मृत्यु
    images

    काठमाडौं । डडेल्धुरामा नदीमा नुहाउन गएका दुई किशोरीको दहमा डुबेर मृत्यु भएको छ।

    गन्यापधुरा गाउँपालिका(२ कुँवर गाउँका नारद सार्कीकी १७ वर्षीया छोरी लक्ष्मी र सोही ठाउँका इन्द्रबहादुर मल्लकी १४ वर्षीया छोरी दीपाको नुहाउने क्रममा गहिरो दहमा डुबेर मृत्यु भएको हो। 

    ‘आइतबार दिउँसो गाउँ नजिकै रहेको खोलामा नुहाउने क्रममा दुवै गहिरो दहमा डुब्दा उनीहरुको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले भने, ‘उनीहरुको शव पोस्मार्टमको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ।’ 

    सुरुमा नुहाउने क्रममा लक्ष्मी गहिरो दहमा डुब्न पुगेकी थिइन्। उनलाई निकाल्ने क्रममा दीपा पनि डुबेकी इन्सपेक्टर नायकले बताए। ‘यस घटनाका सम्बन्धमा हामी थप अनुसन्धान पनि गरिरहेका छौँ,’ उनले  भने। 

    प्रकाशित मिति :बैशाख ३१ २०८१ सोमवार - ११:०२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij