२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैछन् । उनले आज (सोमबार) बिहान ११ बजे विश्वासको मत लिनेछन् ।
उनलाई नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसदले विश्वास मत दिनेछन् ।
कोशीमा एमालेका ४०, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपा नेपालका एक सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ४७ जना सांसद भए पुग्छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्नेछ ।
राप्रपाका सभामुखसहित ६ जना सांसद छन् । एकीकृत समाजवादी सरकारमा नगए पनि विश्वासको मत भने दिने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij