Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कर्मदाको किनारमा कर्मदाको स्रष्टा भेटघाट

कर्मदाको किनारमा कर्मदाको स्रष्टा भेटघाट


  • 4.6K
    Shares

    कर्मदाको किनारमा कर्मदाको स्रष्टा भेटघाट

    कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङ २०८१ वैशाख २९ गते शनिवार ३६ औँ  भौतिक कविगोष्ठी अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता तथा वरिष्ठ कवि अङ्गराज घिमिरेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ कवि एवम्  समीक्षक मातृकाप्रसाद खनालज्यूको गरिमामय उपस्थिति थियो ।

    स्रष्टाहरूको सघन र व्यापक उपस्थिति रहेको सो कार्यक्रमको आरम्भमा स्वस्तिवाचन गरिएको थियो । राष्ट्रिय गान गाएपछि दिवङ्गत स्रष्टाको सम्झनामा १ मिनेट मौनधारण गरियो । कवि गोष्ठीको उद्घाटन  नरहरीबुटीको रोपण गरेर गरिएको थियो ।  विष्णुप्रसाद पौडेलले समुपस्थित स्रष्टाहरूलाई स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा सर्जकहरूले छन्द, स्वच्छन्द, लोकछन्द, गजल आदि विधालाई रोचक ढङ्गबाट प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्तिको भावले ओतप्रोत भएका, जनचेतनामूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका थिए ।

    कार्यक्रममा अङ्गराज घिमिरे, वासुदेव थापा, जगदीश्वर पोखरेल, मातृकाप्रसाद खनाल, तीर्थराज अधिकारी, सुरेश अधिकारी, वासु सेढाईं , कमलीकान्त अधिकारी, लक्ष्मीप्रसाद मिश्र, हरिश्चन्द्र अधिकारी, प्रकाश पोखरेल, नारायण ढकाल, तिलक सुवर्णकार, दिवाकर भट्टराई र रामबहादुर रानाभाटले कविता वाचन गर्नु भएको थियो । विमलप्रसाद धिकारी, सूर्यकान्त अधिकारी, शुक्र अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    भद्र स्रोतामा नानीमाया पोखरेल, कौमाया पोखरेल, रत्नकुमारी पोखरेल, डोलमाया पोखरेल, कमलनारायण श्रेष्ठ, दयाराम पोखरेल, टेकलाल श्रेष्ठ, विमला श्रेष्ठ, भगवती घिमिरे, राधा थापा, तिलमाया अधिकारी, कृष्णकुमारी श्रेष्ठ, नैनसिङ विक, सरगम पोखरेल, नन्दिता श्रेष्ठ, प्रियङ्का सिलवाल, सन्जु राना मगर, गौरव श्रेष्ठ, खुसीराम पोखरेल, ध्रुब गौली, ज्योतिष रामचन्द्र पोखरेल, मोहनदेव लुइटेल, गङ्गादेवी श्रेष्ठ, विष्णुप्रसाद पोखरेल, विष्णुप्रसाद पौडेल र भूमिनन्दन तिमल्सिना हुनुहुन्थ्यो ।

    प्रमुख अभ्यागत अङ्गराज घिमिरेले भाव भएको कविता हुनुपर्ने भन्दै सुन्दर फूलसँग तुलना गर्नुभयो । वाचन गरिएका रचनाले देशमा वर्तमानमा भइरहेका विषयवस्तुलाई विम्ब बनाएको बताउँदै नेपाली साहित्यले राष्ट्रलाई विश्वमा चिनाएको दाबी गर्नुभयो ।  कर्मदा, कर्मदाजस्तै अविरल बगिरहोस् भन्ने उहाँको आशीर्वचन थियो ।

    विशिष्ट अतिथि मातृकाप्रसाद खनालले वाचन गरिएका कविताको सुललित ढङ्गबाट समीक्षा गर्दै निर्धक्क गुणदोष केलाउनु भएको थियो ।

    कवि, महाकाव्यकार तथा रेडियो भोटेओडारका स्टेसन म्यानेजर वासुदेव थापाले कार्यक्रमका समीक्षक मातृकाप्रसाद खनालको कविताका आयामबारे सटीक टिप्पणी गर्नुभयो ।

    कविगोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले स्रष्टाको गरिमामय उपस्थितिले कविगोष्ठी सफल भएको जिकिर गर्दै उपस्थित सम्पूर्ण स्रष्टालाई हार्दिक आभारका साथ गोष्ठीको समापन भएको अवगत गराउनु भयो ।

    उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको  साहित्यिक गतिविधि प्रस्तुत गर्नुका साथै कवि गोष्ठीको संयोजन गर्नुभएको थियो । कार्यक्रमको अन्तमा कमलीकान्त अधिकारीले योगाभ्यास गराउनुभएको थियो । 

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - १८:३६:१२ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij