Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मधेस प्रदेश सरकार 

एमाले–माओवादी सरकारबाट बाहिरिँदै : नेकपा (एस) दोमन, आजै सरकार ढल्ने निश्चित 

एमाले–माओवादी सरकारबाट बाहिरिँदै : नेकपा (एस) दोमन, आजै सरकार ढल्ने निश्चित 


  • 6.5K
    Shares

    एमाले–माओवादी सरकारबाट बाहिरिँदै : नेकपा (एस) दोमन, आजै सरकार ढल्ने निश्चित 

    काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) र माओवादी केन्द्र सरकारबाट बाहिरिने भएका छन् । आज (आइतबार) बेलुकीसम्म यी दुई सत्तारूढ दल मधेस प्रदेश सरकारबाट बाहिरिने भएका हुन् । 

    मधेसमा जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार छ । उक्त सरकारबाट आजै बाहिरिने तयारीमा एमाले र माओवादी रहेको एमालेका एक सांसदले बताए । 

    ती सांसदका अनुसार एमाले, माओवादी, जनतमत लगायतका दलहरू गठबन्धन गरेर नयाँ सरकार गठन गर्ने तयारीमा छन् । त्यसका लागि जसपा नेतृत्वको सरकार ढाल्न एमाले र माओवादी आजै सरकारबाट बाहिरिने तयारीमा छन् । 

    यद्यपि हालसम्म नेकपा (एकीकृत समाजवादी) भने दोमनमा छ । उसले अहिलेसम्म के गर्ने भन्ने निर्णयमा पुगेको छैन । जसपा नेतृत्वको मन्त्रिपरिषदमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । 

    १०७ सदस्यीय मधेस प्रदेशसभामा एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन् । यो संख्या नयाँ सरकार गठनका लागि आवश्यक बहुमत हो ।

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - १४:३२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij