Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक

ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक


  • 2.7K
    Shares

    ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक गरेको हो । 

    दोस्रो चरणको लागि छनोट भएका छ हजार ३२१ जनामध्ये पाँच हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणका लागि छनोट भएका ४९८ जना फेल भएका छन् । भने ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ ।

    सीप परीक्षणमा उत्तिर्ण भएका व्यक्तिहरूको दक्षिण कोरियामा ईपीएस अन्तर्गत रोष्टर सूचीकृत प्रकृयाको लागि स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम (जब एप्लिकेशन फाराम) दर्ता गरिने कार्यालयले जनाएको छ ।

    उनीहरूको स्वास्थ्य परीक्षण २०८१/०१/३१ गतेदेखि जेठ २ गतेसम्म विभिन्न चार वटा अस्पतालमा हुने ईपीएस शाखाले जनाएको छ । त्यसका लागि पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, नेपाल कोरिया मैत्री अस्पाल र निजामती अस्पतालमा स्वास्थ्य परीक्षण हुनेछ ।

    स्तै २०८१/ ०२/५ गतेदेखि ८ गतेसम्म अनलाइनमार्फत रोजगार आवेदन फाराम दर्ता गरिने शाखाले जनाएको छ ।

     
     

    प्रकाशित मिति :बैशाख २८ २०८१ शुक्रवार - १५:२३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij