२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् ।
प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे हामी अहिले बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरेर विस्तृत बताउने छौँ’, एसएसपी भट्टराईले भने।
दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् । बुटवल घर भएका उनिहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij