Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार

कोशीका नवनियुक्त मुख्यमन्त्रीले मन्त्रिमण्डल गठन गर्दै, को–को छन् मन्त्री बन्ने लाइनमा ? (नामावलीसहित)  

कोशीका नवनियुक्त मुख्यमन्त्रीले मन्त्रिमण्डल गठन गर्दै, को–को छन् मन्त्री बन्ने लाइनमा ? (नामावलीसहित)  


  • 3.4K
    Shares

    कोशीका नवनियुक्त मुख्यमन्त्रीले मन्त्रिमण्डल गठन गर्दै, को–को छन् मन्त्री बन्ने लाइनमा ? (नामावलीसहित)  

    काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । 

    उनले एमाले–माओवादीबाट तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । 

    नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ बिहीबार अपराह्न ५ बजे हुने भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । 

    कार्कीको शपथलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । 

    जसअनुसार एमालेबाट रामबहादुर रानामगरलाई मन्त्री बनाउने तयारी भएको छ । 

    उनलाई अर्थ मन्त्रालयको जिम्मेदवारी दिने कार्कीले तयारी गरेका छन् । 

    यस्तै माओवादी केन्द्रबाट दुर्गा चापागाईँ र गणेश उप्रेतीमध्ये एकजना आज मन्त्री बन्नेछन् । 

    माओवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिनेगरी सहमति भएको छ । 

    बाँकी मन्त्रालयमा भने गठबन्धनमा छलफल गरेर सहमतिमा टुंग्याइनेछ । 

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - १४:५८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij