२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार छ सय निर्धारण भएको छ ।
त्यसैगरी तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज तोलामा रु १० ले वृद्धि भएको छ। बुधबार तोलामा रु एक हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आज रु एक हजार छ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij