Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार 

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी


  • 2.2K
    Shares

    कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् । उनले एमाले–माओवादी लगायतका दलहरुको समर्थनमा उक्त प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । 

    नयाँ सरकार गठनका लागि कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्ने तयारी गरेका छन् । 

    प्रदेश प्रमुख पर्शुराम खापुङले गएराति शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । 
    विराटनगरमा एमाले–माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी काठमाडौं आइपुगेका छन् । 

    मुख्यमन्त्री कार्कीले आफु संबिधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् । 
      

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - ०९:२२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij