Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षा 

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य


  • 2.3K
    Shares

    त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई संघीयताअनुरूपको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्राडा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो ।

    विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्र्णय गरिसकेको छ । 

    त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्त्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि पहल थालिएको बताए । 

    विश्वविद्यालयको दृष्टिकोण–२०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरुपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्राडा लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति पनि गठन गरिएको उनले जानकारी दिए । 

    विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्राडा बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्राडा खड्ग केसी र रजिष्ट्रारमा डा रिजाल नियुक्त भएका थिए । 

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - ०९:००:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij