Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज पनि घट्यो नेप्से, साढे दुई अर्बको कारोबार

आज पनि घट्यो नेप्से, साढे दुई अर्बको कारोबार


  • 2.5K
    Shares

    आज पनि घट्यो नेप्से, साढे दुई अर्बको कारोबार

    काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार ०.२१ अंकले घटेको छ । नेप्से ०.०१ प्रतिशतले घटेर १९६०.६० विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ । १०७ कम्पनीको सेयर मूल्य घट्दा १२ को स्थिर छ ।

    यसदिन दुई अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५.५० रुपैयाँमा ५८ लाख ७४ हजार ९६७ सेयर किनबेच भएको छ ।

    कारोबारमा रहेका १३ उपसमूहमध्ये चार वटाको समूहगत परिसूचक घटेको छ भने ९ वटाको बढेको छ ।

    आज इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । कुमारी सबल योजनाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - १५:३३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij