Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

लक्ष्मी सनराइज बैङ्कको काठमाडौँको २ वटा शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैङ्कको काठमाडौँको २ वटा शाखा स्थानान्तरण


  • 1.9K
    Shares

    लक्ष्मी सनराइज बैङ्कको काठमाडौँको २ वटा शाखा स्थानान्तरण
    images

    काठमाडौ । लक्ष्मी सन्राइज बैङ्कले काठमाडौँ उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाको वडा न. १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौँको नागार्जुन नगरपालिका वडा न.१६ स्थित खरिबोट, बनस्थलीमा स्थानान्तरण गरिएको छ । 

    त्यसैगरी, काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ । स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नुहुनेछ ।

    स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ । 

    हाल लक्ष्मी सन्राइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - १४:३७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij