Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार

प्रतिपक्षी कांग्रेसद्वारा गण्डकी सरकारविरूद्ध सर्वोच्चमा रिट, बैशाख २७ मा पेशी 

प्रतिपक्षी कांग्रेसद्वारा गण्डकी सरकारविरूद्ध सर्वोच्चमा रिट, बैशाख २७ मा पेशी 


  • 2.9K
    Shares

    प्रतिपक्षी कांग्रेसद्वारा गण्डकी सरकारविरूद्ध सर्वोच्चमा रिट, बैशाख २७ मा पेशी 

    काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रिट दायर गरेको छ । उसले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध रिट दायर गरेको हो । 

    ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्ण धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेका थिए ।

    कांग्रेस गण्डकी संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा आज (मंगलबार) रिट दायर गरेका हुन् । सर्वोच्चमा मंगलबार रिट दिइएको गण्डकी प्रदेश कांग्रेसका सांसद डिल्लीराम सुवेदीले जानकारी दिए ।

    नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेश लगायतको आदेशका लागि भन्दै कांग्रेसले सर्वोच्चमा रिट दाएर गरेको हो । 

    जसमा सभामुख धिताल, मुख्यमन्त्री अधिकारी र गण्डकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको छ । सर्वोच्चले यस रिटमा वैशाख २७ गतेका लागि पेशी तोकेको छ ।

    मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका थिए । त्यस दिन प्रदेश सभामा ५९ जना सांसद उपस्थित थिए ।

    मुख्यमन्त्री अधिकारीका पक्षमा ३० मत खसेको थियो भने विपक्षमा २७ र राप्रपाका दुई सांसद तटस्थ बसेका थिए ।  

    प्रकाशित मिति :बैशाख २५ २०८१ मंगलवार - १३:०६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij