२०८२ माघ ७ गते बुधवार
काठमाडौ । कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेर बालकको मृत्यु भएको छ।
कृष्णपुर नगरपालिका-३ चित्रपुरका शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सोही ठाउँका रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुला राखेको सेप्टिक ट्यांकीमा उनी खसेका थिए।
अचेत अवस्थामा फेला परेका उनलाई उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल धनगढी लागिएको थियो। त्यहाँ जाँच गर्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij