Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

इनड्राइभ दर्ता गरि औपचारिक रूपमा भयो सुरूवात

इनड्राइभ दर्ता गरि औपचारिक रूपमा भयो सुरूवात


  • 2.2K
    Shares

    इनड्राइभ दर्ता गरि औपचारिक रूपमा भयो सुरूवात

    काठमाडौं । राइड सेयरिङ एप इनड्राइभले आजदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरू गरेको छ ।

    करिब ३ वर्ष सेवा दिइसकेपछि इनड्राइभले औपचारिक रूपमा कम्पनीमा दर्ता भएर सेवा दिन थालेको हो ।

    कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले आजदेखि १० प्रतिशत कमिसन लिने बताएको छ ।

    कम्पनीले काठमाडौंका साथै पोखरा र धरानमा सेवा सुरू गरेको छ । छिट्टै अन्य सहरमा सेवा सुरू गर्नुका साथै कुरियर र कार्गो सेवा पनि थाल्ने कम्पनीले जनाएको छ ।

    दर्ता विनै चलेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा इनड्राइभका राइडरहरूलाई रोक्ने र कारबाही गर्ने क्रम तीव्र बनाएको थियो ।

    नेपालमा राइड सेयरिङलाई वैधानिकता दिनुपर्ने माग उठेको साढे ७ वर्ष बितिसकेको छ । पहिलो पटक २०७३ पुसमा नेपाली कम्पनी टुटलले मोटरसाइकल र ट्याक्सीमार्फत ‘राइड सेयरिङ’ सेवा सुरू गरेको थियो ।

    हालसम्म संघीय ऐनमा निजी सवारीले भाडा उठाएर यात्रु बोक्न पाउन व्यवस्था गरिएको छैन । तर पनि सरकारले प्रविधिको प्रयोग भन्दै ‘राइड सेयरिङ’ सेवालाई प्रतिबन्ध लगाएको छैन ।

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - १३:१३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij