Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ? 

गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ? 


  • 2.5K
    Shares

    गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ? 

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी ‘समूह क’ का केही शेयरधनीहरूको स्वामित्वमा रहेको चार लाख २६ हजार ९९०.३० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले जेष्ठ २७ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

    साथै, तोकएको समयावधिभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि पर्याप्त निवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - ०८:११:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij