२०८२ माघ ७ गते बुधवार
काठमाडौ । भोजपुर प्रहरीले ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।
षडानन्द नगरपालिका(१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
मंग्रातीले ती बालिकालाई यही वैशाख ११ गते दिउँसो सोही ठाउँको झाडीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान इरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij